कांग्रेसको प्रश्न- सांसदलाई किन चाहियो ६ करोड, गर्यो आफुले नलिने संकेत
काठमाडौँ, जेठ १७ । सांसदलाई किन चाहियो छ करोड भनी प्रश्न गरेको छ । काँग्रेसमा बजेटमा सांसद विकास कोष अन्र्तगत छुट्याइएको रकम लिन नहुने मत बढ्दै गएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सांसद विकास कोष अन्र्तगत बजेटमार्फत सरकारले दिने भनेकोे ६ करोड रुपैयाँ आफ्नो पार्टीका सांसदले नलिने संकेत समेत गरेको छ । यसबारे काँग्रेसले केही दिनमा निर्णय गर्ने पनि जनाएको छ ।
जेठ १६ गते काँग्रेस संसदीय दलले विज्ञहरुसँग गरेको छलफलमा समेत उक्त रकम नलिन सुझाव दिएका थिए । शुक्रबारको पत्रकार सम्मेलनमा पनि छाया अर्थमन्त्री रिजालले यसवारे चाडै निर्णय गर्ने भन्दै सो रकम अस्वीकार गर्ने संकेत गरेका हुन् ।
शुक्रबारको पत्रकार सम्मेलनमा पनि छाया अर्थमन्त्री रिजालले यसवारे चाडै निर्णय गर्ने भन्दै सो रकम अस्वीकार गर्ने संकेत गरेका हुन् ।
पार्टी कार्यालय सानेपामा सरकारले हालै ल्याएको बजेटबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा छाया सरकारका अर्थमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालले यसवारे पार्टीले चाडै निर्णय गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्