सरकार परिवर्तन हुन्छ! परिवर्तन नभए पार्टी एकता बिथोलिन्छ : वामदेव गौतम
काठमाडौं, जेठ १७ । नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सरकार परिवर्तन हुने बताएका छन् । उनले सहमतिअनुसार नै सरकार परिवर्तन हुनुपर्ने बताएका हुन् ।
साथै उनले सरकार परिवर्तन नभए पार्टी एकता बिथोलिने बताएका छन् ।
शुक्रबार नेता गौतमले प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मलेनमा सहमतिअनुसार नै पार्टी सञ्चालन हुनु पर्ने बताएका हुन् ।
‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले पालोपालो सरकार चलाउने सहमति भैसकेको बताउदै उनले त्यही अनुसार सरकारको नेतृतव परिवर्तन हुनु पर्ने गौतमको भनाई थियो ।
यता दुई दिन अघिमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता घोषणा अघि आफु र प्रधानमन्त्री ओलीबीच अढाई अढाई बर्ष प्रधानमन्त्री हुनेगरी लिखित सहमति भएकाले त्यो सहमति तोडिए कसैलाई राम्रो नहुने चेतावनी दिएका थिए ।
यसैबिच यता प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालले सार्वजनिक गरेको ’आलोपालो सरकार चलाउने’ बारे मुख खोलेका छन् ।
उनले ’आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको बताएका छन् ।
दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्