प्रधानमन्त्रीमा आलोपालो लज्जास्पदः महोन वैद्य

काठमाडौं, जेठ १७ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने बताएका छन् ।

बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु मर्यादित हुन्थ्यो तर एकीकरण गरिसकेपछि केका लागि आलोपालो भन्दै महासचिव वैद्यले प्रश्न गरे ।

महासचिव वैद्यले सरकारी प्रभुत्व मिडियामाथि स्थापित गर्दै सरकारले स्वतन्त्र पत्रकारितामाथि प्रहार गर्न खोजिरहेको बताए ।

वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै महासचिव वैद्यले आर्थिक वर्ष २०७६।७७ को बजेटको आलोचना समेत गरेका छन् ।

कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको आरोप पनि उनले लगाए । उनले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको समेत बताए ।

आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति भएको खुलासा प्रचण्डले केही दिनअघि एक टेलिभिजन कार्यक्रममार्फत मात्रै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्