सभापति देउवाको टिप्पणीः सरकारले संघीयतालाई अपमान र बेवास्ता गरेर बजेट ल्यायो
काठमाडौं, जेठ १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संघीयतालाई अपमान र बेवास्ता गरेर बजेट ल्याएकोे टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘लोकतन्त्रविरोधी’ सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिदै देउवाले वर्तमान सरकार चरणबद्ध ढंगले लोकतन्त्रविरोधी गतिविधिमा लागिरहेको आरोप लगाए ।
यसैबिच कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले प्रजातान्त्रिक मूल्य–मान्यताविरुद्धका गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्