जनताको चाहना विपरित सरकारले बजेट ल्याएको कांग्रेसको निष्कर्ष
काठमाडौं , जेठ १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो ।
नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको उनले बताए ।
बैठकमा काँग्रेस सांसदहरुले वितरणमुखी बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए ।
काँग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ ।
हिजो मात्रै सरकारले आगामी बर्षका लागि १५ अर्ब ३२ अर्बको बजेट सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्