विदेशी सेना परिचालन हुनसक्छः देव गुरुङ
काठमाडौँ, जेठ १४ । विप्लव समुहको गतिबिधि नियन्त्रण नभए विदेशी सेना परिचालन हुनसक्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देब गुरुङले बताएका छन् ।
प्रमुख सचेतक गुरुङले भने,कुनै पनि हालतमा द्धन्द्धको अवस्था सृजना गर्नु हुँदैन । सेना पचिालनको अवस्था आउनु भनेको विदेशी सेना नेपाल आएर हस्तक्षेप गर्नका लागि बाटो खुलाउनु जस्तै हो भन्दै द्धन्द्ध व्यवस्थापनको नाममा विदेशी सेना आउने पक्का हुन्छ उनले भने,।
हामीले सहमति, समझदारी र सम्वादकै प्रक्रियाबाटै अगाडि बढ्नुपर्छ भनिरहेका छौँ । अहिले हिंसात्मक गतिविधिबाट अगाडि बढ्ने समय होइन । हिंसाले मुलुकको राष्ट्रिय अस्मितालाई गम्भीर आँच पुर्याउँछ उनले भने ।
अहिलेको अवश्यकता भनेको जुनसुकै राजनीनिक शक्तिसँग पनि संवाद नै गर्नुपर्छ । तर यसका लागि उहाँहरु तयार हुनुभएको छैन । जसले गर्दा केही जटिलता र समस्या पैदा भएको उनले बताए ।
साथै उनले वार्ता र संवादको लागि तयार हुने कि नहुने भन्ने प्रश्न मुख्य भएके पनि बताएका छन् । सरकार वार्ताका लागि सरकार तयार छ । गृहमन्त्रीले पनि वार्ताका लागि तयार रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्