भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा बिमस्टेक राष्ट्रप्रमुखलाई निम्तो, प्रधानमन्त्री ओली बिहीबार भारत जाने
काठमाडौं, १४ जेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको शपथग्रहण बिहिबार हुँदैछ । सो सपथग्रहण समारोहमा सहभागी हुन् । प्रधानमन्त्री केपी शर्मा ओली मोदीको शपथग्रहण बिहीबार भारत तर्फ लाग्दै छ । बिहिबार साँझ प्रधानमन्त्री मोदीले सपथग्रहण लिनेछन् ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा उनको पार्टी भाजपाले बहुमत हासिल गरेको छ । भारतीय पक्षले काठमाडौंस्थित भारतीय दूतावासमार्फत ओलीलाई शपथग्रहणमा आमन्त्रण पठाएको स्रोतले जनायो ।
संघीय संसद्मा बुधबार आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट पेस गरिने भएकाले प्रधानमन्त्री ओली शपथग्रहणकै दिन बिहीबार बिहान दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । बिहीबार साँझ ७ बजे शपथग्रहण सहभागी भएर प्रधानमनत्री ओली शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ । दिल्ली बसाइ क्रममा ओली र मोदीबीच द्विपक्षीय विषयमा छलफल हुने सम्भावना छ ।
सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बन्दा मोदीको शपथग्रहणमा सार्क राष्ट्रका सरकार प्रमुखलाई निम्तो गरिएको थियो । त्यतिबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए । यस पटक भने मोदीले बिमस्टेक राष्ट्रका सरकार प्रमुखलाई बोलाउने तयारी गरेका हुन् ।
सार्क राष्ट्रमा निम्तो पठाउँदा पाकिस्तानलाई पनि बोलाउनुपर्ने भएकाले बिमस्टेक राष्ट्रका सरकार प्रमुखलाई बोलाउन लागिएको स्रोतको दाबी छ । औपचारिक निम्तो भने सम्बन्धित मुलुकका सरकार प्रमुखको समयतालिका हेरेर मात्र पठाउने जनाइएको छ । स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले व्यस्तताका कारण उपस्थित हुन असमर्थ हुने जानकारी गराइसकेकी छन् ।
बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तोपठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्