बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त हुदैन! यो बन्द बम विस्फोट अन्तिम–अन्तिमतिर हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, जेठ १२ । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बम आतंक फैलाएर राजनीतिक उदेश्य प्राप्त नहुने बताएका छन् ।सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

”उनले भने, उहाँहरुले बन्द इत्यादि जे गर्नुभएको छ, प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो भन्ने मैले बुझेको छु ।“
मलाई लाग्छ, यो बन्द बम विस्फोट अन्तिम–अन्तिमतिर हुनुपर्छ । उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन । शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन । अहिले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय परिस्थिति, जनताको चाहना र भावना, राष्ट्रको आवश्यकता बम पड्काउने हुँदै होइन उनले भने, यतिबेला हामी सबै मिलेर विकास र समृद्धितिर र समाजवादतिर जाने तयारी गर्नुपर्छ उनले भने ।

साथै उनले विप्लव समूहसँग सरकारले वार्ताको पहल गरिरहेको बताउदै परिणाम निस्केपछि सबै कुरा थाहा हुने उल्लेख पनि गरे ।

वार्ताको लागि पहल भइरहेको होला । पहिले सिके राउतसँग पनि वार्ताको पहल भइराखेको थाहा भएन । एकैपटक परिणाम थाहा भयो , उनले भने, विप्लव समूहसँग पनि परिणाम निस्केपछि सबै कुरा थाहा हुन्छ । तपाइ धर्य गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्