अध्यक्ष प्रचण्डले भने – संसदमा पेश भएका कुनै पनि विधेयक फिर्ता हुँदैनन्
काठमाडौं, जेठ १३ । संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिईरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने अडान लिएका हुन् ।
उनले संसदमा पेश गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारका छन् ।
कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने पनि बताए ।
कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदमा पेश गरिएका सबै विधेयक संविधान र अन्तराष्ट्रिय मान्यता विपरित हुने गरी नल्याएको दावी गरे।
प्रतिक्रिया दिनुहोस्