विप्लवका प्रवक्तासहित तीन नेतालाई सरकारले विभूषित गर्दै, कुन – कुन परे ?
काठमाडौँ , जेठ १३ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तिन नेताहरूलाई सरकारले विभूषित गर्ने भएको छ।
जेठ १६ गते गणतन्त्र दिवसको अवसर पारेर विप्लव समूहका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितका तीन नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको बताएको छ ।
गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार विभूषण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुँदैछ ।
संविधान निर्माणमा उल्लेखनीय योगदान र्पुयाए बापत भन्दै उनीहरूलाई विभूषित गर्न लागिएको मन्त्रालय स्रोले जनाएको छ ।
सरकारले विप्लव समूहका प्रवक्ता विश्वकर्मा, नेता सन्तोष कुमार बुढा मगर र नेतृ उमा भुजेललाई विभूषित गर्न लागेको हो ।
गृहमन्त्रालयले तयार गरेको संविधानसभा पदकबाट विभूषित हुने सुचिमा उनीहरुको नाम समावेश गरिएको छ। विश्वकर्मा २०६४ सालमा कालीकोट–१ बाट संविधानसभा सदस्यमा निर्वा्चित भएर मन्त्री समेत भएका थिए। त्यस्तै बुढा मगर पनि २०६४ सालमा रोल्पा–२ बाट चुनाव जितेका थिए ।
त्यस्तैगरी नेतृ भुजेल पनि पहिलो संविधानसभा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद भएकी थिइन्। उनी हाल विप्लव समूहकी पोलिटब्यूरो सदस्य छिन्। भुजेललाई २०७५ भदौमा बालाजुबाट प्रहरीले पक्राउ गरेको थियो।
भुजेललाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्