मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह, नलिए संसदमा मुठभेड हुने चेतावनी

काठमाडौं , जेठ ११ । मिडिया विधेयक फिर्ता लिन सरकारसंग नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आग्रह गरेका छन् ।


कांग्रेस काठमाडौ क्षेत्र नं–४ ले आज काठमाडौंमा गरेको जागरण अभियानको उद्घाटन गर्दै उनले मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति सृजना हुने चेतावनी दिए ।

कांग्रेसले लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्ने भन्दै नेता खाँणले प्रेस माथिको हस्तक्षेप अस्वीकार्य हुने बताए ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले कांग्रेसले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध जागरण अभियान सञ्चालन गरेको भन्दै सडक र सदनबाट खवरदारी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्