वाम गठबन्धन तोड्न थुप्रै प्रयास भएका छन् : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन तोड्न थुप्रै प्रयास भएको बताएका छन्।

काठमाडौंको राष्ट्रियसभा गृहमा एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा लिखित पुस्तक नेपाल नवनिर्माण महाअभियानुको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धन तोड्न थुप्रै कोसिस भए पनि ती कोसिस विफल हुने दाबी गरे।

देश निर्माणको अभिभारा वाम गठबन्धनको काँधमा आएको उल्लेख गर्दै ओलीले सो जिम्मेवारी आफूहरुले पूरा गरेरै छाड्ने बताए।

केन्द्रमा वामपन्थीको सरकार बन्ने उल्लेख गर्दै उनले ६ वटा प्रदेशमा समेत आफूहरुकै सरकार बन्ने निश्चित भएको बताए।

प्रदेश र प्रतिनिधिसभा मात्र नभएर स्थानीय तहका धेरै स्थानमा एमाले र माओवादीका प्रतिनिधिले जितेको उल्लेख गर्दै ओलीले काम गर्ने सहज वातावरण बनेको समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्