प्रदेश र स्थानीय सरकारले संविधान प्रतिकूल हुनेगरी कानुन बनाए बदर गरिनेछ : कानुनमन्त्री ढकाल
काठमाण्डौ , जेठ ९ । प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालल चेतावनी दिएका छन् ।
मन्त्री ढकालले संविधान र कानुन विपरित चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।
बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान र संघीय कानुन विपरितका कानुन निर्माण गर्न पाउने भ्रममा नपर्न पनि प्रदेश र स्थानीय सरकारलाई सचेत गराउनु भयो ।
मन्त्री ढकालले सरकारले संविधान बमोजिम नै विधेयक निर्माणको काम गरिरहेको दावी पनि गरे ।
मन्त्री ढकालले विधेयक निर्माणका लागि विज्ञहरुको सुझाव लिन पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले विधेयक निर्माणको कामलाई छिटो पूर्णता दिन पनि मातहतका सबै निकायलाई सचेत गराए ।
प्रतिक्रिया दिनुहोस्