प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्नु हुँदैन ! जायज मागहरु सुन्नु पर्छ : नेता नेपाल

काठमाडौं, जेठ ७ । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्न नहुने बताएका छन् ।

नेपालगञ्जमा मंगलबार पत्रकारसँग कुरा गर्दै उनले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने बताए ।
प्रेस जगतले आलोचनात्मक र रचनात्मक भूमिका निर्वाह गर्न पाउनुपर्छ भन्दै बरिष्ठ नेता नेपालले अंकुश लगाएरु रोकेर, तर्साएर समस्याको समाधान नहुने बताए । उनले कसैले पनि आफ्नो पूजा(स्तुति गरेन भनेर मूल्यांकन नहुने बताए ।

नेपालले नयाँ बजेटपछि मुलुक समृद्धितर्फको यात्रामा अघि बढ्ने पनि बताए।

उनले पार्टीको समायोजना अन्तिम चरणमा पुगेको भन्दै अब पार्टी कामले गति लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्