संविधान संशोधनबारे राजापाले माग्यो सरकारको स्पष्ट धारणा, नेता यादवले भने- हाम्रो मागको बेवास्ता गरे संसद अवरुद्ध गर्छाै
काठमाडौँ, जेठ ७ । राष्ट्रिय जनता पार्टी नेपालले संबिधान संशोधनबारे सरकारको स्पष्ट धारणा माग गरेको छ ।
प्रतिनिधिसभाको मङ्गलबार बसेको संसद बैठकमा राजपाका सांसद महेन्द्र राय यादवले आफुहरुले विगतका अधिवेशनदेखि उठाउँदै आएको र सभामुखले समेत दुई पटक रुलिङ गरेको विषय गिरिशचन्द्रलाल नेतृत्वको प्रतिवेदन र नेपालगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पुन रुलिङ गर्न माग गर्दै संविधान संशोधनबारे पनि स्पष्ट धारणा नआए बाध्य भएर संसद अवरोध गर्न बाध्य हुने चेतावनी दिए ।
बैठकमा बोल्दै उनले आफुहरुले उठाएका विषयमा सभामुखले सरकारलाई रुलिङ गरेपनि सरकारले त्यसको सुनुवाई नगरेको भन्दै आपत्ति जनाए । उनले संविधान सशोधनका बारेमा सरकारले आफुहरुलाई दिएको आश्वासन पुरा नगरेको भन्दै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारले आफ्नो मागको बेवास्ता र्गयो भने संसद अवरुद्ध गर्न बताएका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमा बोल्दै राजपाका नेता महेन्द्रराय यादवले सभामुखले सरकारलाई रुलिङ नगरेको भन्दै यादवले आफ्नो धैर्यताको बाँध टुट्ने बताएका हुन् । ‘सरकारले हाम्रो कुरालाई बेवास्ता र्गयो भने हामीले संसद अवरुद्ध गर्नुपर्ने हुन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्