किन पुगे सचिवालय सदस्यद्वय बामदेव गौतम र नारायणकाजी प्रचण्ड निवासमा ?

काठमाडौं, ५ जेष्ठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अचानक स्थगित् भएको छ । अब बैठक कहिले बस्छ ? भन्ने अन्यौलता छ । तर, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भने सचिवालय सदस्यद्धय बामदेव गौतम र नारायणकाजी पुगेर छलफल गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीका जनवर्गाीय संगठनहरुको एकता टुँगो लागेकोले अब वैचारिक बहसको सुरुवात गरेका छन् ।

सायद, त्यही भएर होला प्रचण्डले आज पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठ र प्रभावशाली नेता गौतमसँग विशेष छलफल गरेका छनु । पोलिटब्यूरो सदस्य घोषणा गर्ने भनिएपनि अर्का अध्यक्ष केपी शर्मा ओली अल्पमतमा पर्ने भएकोले उनकै स्वार्थमा आजको सचिवालय बैठक स्थगित् भएको कुरा बाहिरिएको बेला प्रचण्डले यसरी गोप्य छलफल गर्नुले नेकपाभित्र अब वैचारिक बहस सुरु भएको पनि बुझिएको छ । नेकपाले बल्लतल पार्टी एकताको एक वर्षमा जनवर्गीय सङ्गठनको नेतृत्व टुंगो लगायो ।

आज बसको पार्टीको सचिवालय बैठकले नेकपामा सङ्गठनात्मक एकताको काम करिब–करिब टुङ्गिएको र अब नयाँ योजनाकासाथ जाने छदफल भएको निकर्षमा पुगेको छ ।
पोलिटब्युरो गठनदेखि केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम बाँकी रहे पनि नेकपाले अब पार्टीको नयाँ योजना बनाउन थालेको स्रोतको दावी छ । एकतापछि नेकपाका शीर्ष नेताहरूले अब मूलतः पार्टी दुईवटा योजनामा केन्द्रित हुने सङ्केत गरेका अमुर्त प्रनहरु गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्