विकासको लागि सरकार र प्रतिपक्ष एक हुनु पर्छ : अध्यक्ष दाहाल
काठमाडौं, ०४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अबको वर्ष देश विकासले गति लिने बताउदै सरकार र प्रतिपक्ष एक हुनुपर्नेमा जोड दिएका छन् ।
नुवाकोट जिल्लाको ककनी स्थित रानीपौवा बजारमा आयोजित पोस्टबहादुर बोगटी स्मृति कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् उनले अब देशमा सरकार र प्रतिपक्ष सबै मिलेर विकास र समवृद्धिको लागि एकजुट हुनुुपर्ने बेला आएको बताए हुन् ।
देश विकासका लागि सरकारले योजना बनाएको प्रचण्डले बताएका छन् । दुई तिहाइको सरकारले जुन रफ्तारमा काम गर्नु पर्ने थियो त्यो हुन सकेको छैन । काम गर्नको लागि कुनै बहानाबाजी गर्न नपर्ने गरि जनताले पठाएका छन् । सरकार योजनाका साथ अगाडि बढेको छ प्रचण्डले भने ।
उनले तीन तहको सरकारले जनताको समृद्धिका लागि काम गरिरहेको दाबी गर्दै भने, ’पहिलो वर्षलाई आधार वर्षको रुपमा लियौँ’, उनले भने, ‘ सरकार अहिले दोश्रो वर्षमा प्रवेश गरिरहेको छ । हामी जनताले अनुभुति हुनेगरि काम गछौं ’।
प्रचण्डले थपे अब कृषिलाई उद्योगको रुपमा लगानी बढाउने, यसो गर्दा हामीले ६५ प्रतिशत खाद्यान्न आयातलाई घटाउन सक्छौं । देशमै आधुनिक कृषिबाटै देशलाई परिवर्तन गर्न सकिन्छ । नेपालको परिवर्तन र आर्थिक समृद्धिको लागि कृषि क्षेत्रमै सम्भावना खोज्नु पर्ने उनको भनाइ छ । कृषि क्रान्तिबाट नै आथिक समृद्धि सम्भव भएकाले कृषिमा युवापुस्तालाई आकर्षित गर्न कार्यक्रमको खाँचो रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्