नेकपाको सचिवालय बैठक बस्दै, यस्तो छ, बैठकका एजेण्डा

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेपछिका लागि बोलाइएको बैठकमा पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, सल्लाहकार परिषद् तथा विभिन्न आयोग गठनलगायतका विषयमा छलफलका लागि बैठक बोलाईएका हो ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पूरा भए पनि एकीकरणका सम्पूर्ण काम सकिएका छैनन् । नेकपाले यही जेठ मसान्तभित्र एकीकरणका बाँकी सबै काम सम्पन्न गर्ने र गाउँगाउँसम्म एकताको सन्देश पु¥याउन प्रचारात्मक अभियान थाल्ने तयारी गरेको छ ।

यस्तै, बैठकमा केन्द्रीय कमिटी र स्थायी समितिलाई पनि सक्रिय बनाउनेबारे छलफल हुने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
पार्टीले गत २ गते मात्र पार्टीको जनवगीएय संगठनको टुंगो लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्