नेकपा सचिवालयद्वारा जनवर्गीय संगठनको नेतृत्व टुङ्गो, को–को परे …..?

काठमाडौं, २ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अधिकांश जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ ।
पार्टी एकता भएको भोलि शुक्रबार एब वर्ष पुग्ने र कार्यकर्ताको दवाव आएकाले संगठनको टंगो लगाउन नेकपाको बैठक बसको हो ।

बिहिबार वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुंग्याएको छ । स्रोतका अनुसार विद्यार्र्थीका संयोजकमा ऐन महर र र सह–संयोजकमा रञ्जित तामाङ वा तामाङले नमाने सुरेन्द्र बस्नेत रहने गरी मोटामोटी सहमति जुटेको छ । महर तत्कालीन एमाले निकट विद्यार्थी संगठनका र तामाङ तत्कालीन माओवादी निकट विद्यार्थी संगठनका नेता हुन् ।

यसबाहेक यूवामा रामप्रसाद सापकोटा संयोजक र सहसंयोजक रमेश पौडेल र पौडेलले नमाने किरण पौडेललाई राख्ने सहमति जुटेको स्रोतको दावी छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनका नेता हुन् ।

यसबाहेक महिलामा सांयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन ।
मजदुरमा विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।

यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन एमाले निकट संगठन मिडिया संगठनका नेता हुन् ।

त्यसैगरी बुद्धिजीविमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् ।

जनवर्गीय संगठनका सवै नाम टुंगाएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ । नेकपामा यस अघिनै इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनमा एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठनको संयोजकमा तत्कालिन एमालेका शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा तत्कालीन माओवादीका हरि पराजुली चयन भएका छन् ।

त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा तत्कालीन एमालेका मीनबहादुर शाही र सहसंयोजकमा माओवादीका हुकुम पोखरेल सर्वसम्मत भएका थिए । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सर्वसम्मत सिफारिस भएका थिए ।

नेकपामा किसान महासंघ, कर्मचारी संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, भूतपूर्व सैनिक संगठन, जनजाति महासंघ, जनसांस्कृतिक महासंघ, दलित संगठन, उद्योग व्यवसायी संगठन, मुस्लिम संगठन र मधेसी संगठनको पनि नेतृत्व टुंगाउने गरी छलफल भएको छ ।

सबै जनवर्गीय संगठनको नेतृत्व टुंगाएर भोलि पार्टी एकताको एक बर्ष पुगेको अवसरमा घोषणा गर्ने नेकपाको तयारी छ ।

पोलिटव्यूरो र कार्यविभाजन हुन बाँकी

नेकपाको विहिबार बसेको सचिवालय बैठकले पोलिटव्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन भने टुङ्ग्याउन सकेन । जेठ ५ गते अर्को बैठक बसेर यी काम सक्ने नेकपाको तयारी छ । ‘मिडियामा पोलिटब्यूरोको नाम भनेर पहिला नै बाहिर आयो, त्यो अपुरो थियो ।

अन्तिम रुप अब ५ गते बस्ने बैठकले दिन्छ । त्यसै गरी केन्द्रीय सदस्यका कार्यविभाजनको विषयमा पनि त्यसैदिन निर्णयह हुने सचिवालयका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्