काँग्रेस संसदीय दलको बैठक
काठमाडौं, १ जेष्ठ । नेपाली काँग्रेस मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका बारेमा छलफल गर्न संसदीय दलको बैठक बसेको छ । कांग्रेसले संसदीय दलका को संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका बारेमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बुधबार बिहान बसिरहेको हो । बैठकले सरकारका कामका पछिल्ला गतिविधिबारे छलफल गरिरहेको छ ।
सरकारले संसदमा पेस गरेको प्रि–बजेटपछिको रणनीतिका साथै संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने सम्भावना रहेको छ ।
सरकारले प्रेसमाथि नियन्त्रण गर्ने किसिमले ल्याउन लागेको विधेयकप्रति काँग्रेसले गम्भीर आपत्ति जनाउँदै आएको छ । सरकारको रवैयाप्रति आक्रोस व्यक्त गर्दै आएको कांग्रेसले यसबारे ठोस निर्णय निकाल्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्