ओली सरकार ज्ञानेन्द्र शैलिमा, शासन सत्ता कब्जामा गर्न मिडिया काउन्सिलः उपसभापति निधि

काठमाडौं, ३१ बैशाख । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका छन ्। उनले केपीआलीको सरकार पूर्व राजा ज्ञानेन्द्र शाहको शैलिमा सत्ता हत्याउनका लागि प्रेसमाथि अंकश लगाई आफ्नो रवाफ देखाएर ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगएका हुन् ।

मंगलबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रेस काउन्सिल छँदाछँदै त्यसलाई विस्थापित गरेर सञ्चार मन्त्रालयको शाखाको रुपमा मिडिया काउन्सिल बनाउन खोजेको आरोप लगाए । सञ्चार जगतलाई निषेध गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याएर बर्तमन सरकारले शासन सत्ता आफ्नो कब्जामा लिन चाहेको निधिले बताए ।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र अक्षुणतालाई समाप्त पार्ने लोकतन्त्रविरोधी विधेयक रहेको उपसभापति निधीको तर्क थियो । मिडिया प्रमुख सरोकारबलाहरुसंग सल्लाह गरी प्रेस काउन्सिललाई थप स्वायत्त बनाउनुपर्नेमा सरकारले निषेध गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनको कर्त छ ।

उपसभापति निधिले भने, ुपत्रकारलाई जेल र जरिवाना गर्ने प्रावधान अधिनायकवादबाहेक अरु केहि हुन सक्दैन् , लोकतन्त्रविरोधी यस्ता कार्यको हामी विरोध गर्दछौं ।ु

स्वतन्त्र प्रेसलाई बन्देज गर्ने गरी सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको लोकतन्त्रमा विश्वास राख्ने सबै दलले विरोध गर्नुपर्ने उपसभापति निधीको भनाइ थियो ।

ुसरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको छ, उपसभापति निधीले भने, ुलोकतन्त्रमाथि विश्वास नगर्ने सरकारले पहिलो आक्रमण प्रेसमाथि गर्दछ । मिडिया काउन्सिलको नाउँमा सरकारले अहिले सोही नमूना प्रस्तुत गरेको हो ।’ पूर्वराजा ज्ञानेन्द्रले नागरिकको स्वतन्त्रता अन्त्यगर्न पहिलो आक्रमण प्रेसमाथि नै गरेको उपसभापति निधिले स्मरण गराए ।

निधिले भने, ुमिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १ करोड रुपैयाँ सम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको छ।ु

प्रतिक्रिया दिनुहोस्