विद्युतीय रिक्सा व्यवस्थापन अब छिट्टै हुन्छ : मन्त्री केसी
काठमाडौं, बैशाख २७ । प्रदेश नम्बर पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले विद्युतीय रिक्सा व्यवस्थापन छिट्टै हुने बताएका छन् ।
उनले स्थानीय तहको पहलबाटै यस क्षेत्रमा सञ्चालित ई–रिक्साहरू व्यवस्थापन गरिने बताए ।
प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा इरिक्साको व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै चर्को आलोचना भइरहेको छ र बेला मन्त्री केसीको यस्तो भनाई आएको हो ।
विद्युतबाट चल्ने इरिक्सालाई शुरुवातमा प्रसय दिइएपनि बिना दर्ता, विना लाइसेन्स सञ्चालन हुन थालेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
हरियाली यातायात प्रालि बुटवल, रूपन्देहीको साधारणसभा तथा प्रथम अधिवेशनमा बोल्दै मन्त्री केसीले बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर ई–रिक्सा व्यवस्थापन गरिने बताए ।
‘प्रदेश सरकारले पनि यातायात ऐन बनाउँदै छ’ मन्त्री केसीले भने, ‘ई–रिक्साको दर्ता, नियमन र व्यवस्थापनको पाटो स्थानीय तहलाई छ ।
बजार क्षेत्रमा मानिसहरूको चाप बढेसँगै रिक्सा पनि धेरै थपिदा समस्या आएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले इ–रिक्सा चालकहरू इमानदार बन्नुपर्ने बताए ।
हरियाली यातायातका अध्यक्ष कृष्णप्रसाद तिवारीले २०७३ असार मसान्तसम्म बुटवल नगरपालिकामा सूचीकृत भएका १ हजार १८ ई–रिक्सालाई पहिलो चरणमा व्यवस्थापन गरिनुपर्ने बताए ।
तिवारीले नगरभित्रका क्रसिङ प्रयोग गर्दै राजमार्ग प्रयोग बिना गन्तव्यसम्म पुग्न नमिल्ने भन्दै राजमार्ग प्रयोग गरी सहजा आवागमन हुने गरी ई–रिक्सा चल्न दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्