कांग्रेस बैठकलाई रोकेर किन शितल निवास पुगे देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्ज्त्री शेरबहादुर देउवा कार्यसम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्वन्धमा परामर्श गर्न बोलाएकाले सभापति देउवा शितल निवास गएको कांग्रेस नेता डा। प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गरेकी थिइन् । ओलीसँगको भेटवार्ता सकिएलगत्तै उनले प्रधानमन्त्री देउवालाई शितल निवासमा बोलाएकी हुन् ।

सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको छ । तर कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश संवैधानिक राष्ट्रपतिले स्वीकृत गर्ने संवैधानिक जिम्मेवारी भएको तर्क गर्दै आएको छ ।

कांग्रेस नेता डा। महतले राष्ट्रपति भण्डारीले जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे । उनले समानुपातिक सांसदको सूची पनि चाँडै तयार पारेर निर्वाचन आयोगमा पेश गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्