समाजवादी पार्टीको पहिलो बैठक: के- के भयो बैठमा ?

काठमाडौं, वैशाख २४ । नव गठित समाजवादी पार्टी नेपालका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार राजधानीमा शपथग्रहण गराइएको छ ।

त्यसअघि, पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो ।

बैठकपछि सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना २६ बुँदे मागका सम्बन्धमा चालू संसदबाट सुनुवाइ नभए नेकपासँगको सम्बन्ध तोड्ने बताए ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच सोमबार राजधानीमा पार्टी एकीकरण भएर समाजवादी पार्टी नेपाल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्