अध्यक्ष प्रचण्डले भने – सन्तुष्ट हुने ठाउँ छैन, अब नसुध्रिए गणतन्त्रमाथि खतराको घण्टी बज्न सक्छ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता आवश्यक रहेको बताएका छन् ।
उनले सहमति, सहकार्य र एकता नगरे प्राप्त उपलब्धिहरु गुम्न सक्ने खतरा रहेको बताएका छन् ।
मङ्गलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रकृयाका बाँकी काम पुरा गर्न र समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुन नसक्ने बताएका हुन् । सत्तापक्ष र प्रतिपक्षबीचको एकताको जिम्मेवारी पुरा भएको छैन,’ प्रचण्डको भनाई छ ।
‘नेतृत्वले त्याग, बलिदानको संकल्प नगर्ने हो भने खतराको घण्टी बज्न सक्छ । उनले भने, ‘संघीयता कार्यान्वयन, कर्मचारी समायोजनमा जटिलता छ । कार्यशैलीगत समस्या छ ।’ जनताले यो सरकारको कामलाई निकै धैर्यतापूर्वक हेरिराखेको र सरकारले काम गर्नेमा जनताले विश्वास लिइराखेको दाहालले बताए ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवातर्फ इंगित गर्दै दाहालले नीति तथा कार्यक्रमलाई आश्वासनको पुलिंदा भनेकोमा प्रतिपक्षको धर्म निर्वाह गरेको बताए । ‘आश्वासनको पुलिंदा भन्नु प्रतिपक्षको धर्म्भित्रै छ ।
सकारात्मक चुनौतीको रूपमा लिएर सरकारले जिम्मेवार भएर कार्यान्वयनमा जानुपर्छ,’ उनले भने । छिमेकी चीन र भारतबाट काठमाडौंमा रेल आउने उनले बताए ।
कृषिलाई प्राथमिकता दिएर बेरोजगारी समस्या हल गर्नुपर्ने तथा सुकुम्वासी समस्या समाधानलाई सहयोग पुर्याउने गरी काम गर्नुपर्ने उनले बताए । उनले नीति तथा कार्यक्रमको आलोचना गरेकोमा प्रतिपक्षी दलहरूलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्