बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम ग¥यो: सभापति देउवा

काठमाण्डौ , बैशाख २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम गरेको बताएका छन् ।
। उनले गत वर्षजस्तै यो वर्ष पनि लहडमा नीति तथा कार्यक्रम ल्याइएको दावी समेत गरे ।

संबैधानिक निकायहरुमा सरकारले व्यापक हस्तक्षेप गरेको भन्दै सरकारले अभिब्यक्ति स्वतन्त्रतामा नियोजित हमला गरेको दावी गरे ।

सभापति देउवाले सरकारको कार्यशैलीबाट नागरिक ठगिएको अनुभुति भएको बताएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, महालेखा परिक्षकको प्रतिवेदन लगायतले भ्रष्टाचार र आर्थिक विचलन बढेको देखाएको भन्दै उनले यसले सरकारले सुशासन कायम गर्न नसकेको दावी गरे ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि सुरु छलफलमा सभापति देउवाले नीति तथा कार्यक्रममा कुनै ठोस योजना र कार्यक्रम नल्याइएको बताए ।

केन्द्रीय सरकार संघीय व्यवस्थाको मर्म र भावना अनुकुल हिँड्न नसकेको भन्दै यो समयमा विकास निर्माणले कुनै गति लिन नसकेको बताए ।

तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिए पनि त्यसबाट अहिलेसम्म एक जनाले पनि रोजगार पाउन नसकेको उनको दावी छ ।

भेरी बबई डाइभर्सन नेपाली कांग्रेसले सुरु गरेको भए पनि अहिले सरकारले आफैले गरेको जस्तो गरेर धाक देखाएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्