अन्ततः एमाले एकल संक्रमणीय प्रणालीमा सहमत

काठमाडौं । लामो विवाद र राजनीतिक उताढचडावपछि अन्तत नेकपा एमाले एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश पारित गर्न सहमत हुने संकेत गरेकोछ ।
यस अघि एकल संक्रमणीय निर्वाचन अध्यादेश पारित गरिनु संविधानविपरीत हुने बताउँदै आएको नेकपा एमाले  बिहीबार बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यादेशमाथि अडान लिइरहने हो भने परिस्थिति बिग्रिने कुराको विश्लेषणपछि एकल संक्रमणीय निर्वाचन प्रणालीमा नै सहमती गरि राष्ट्रपतिलाई अध्यादेश जारी गर्न सहमत गर्ने संकेत देखिएको हो ।

बैठकमा एमालेले अडान नछाड्ने हो भने कांग्रेसले सत्ता लम्याउँदै जाने र सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भइरहने विश्लेषण थियो गरिएको थियो ।
यसरी अन्ततः एमाले सरकारले राष्ट्रपति कहाँ लगेको एकलसंक्रमणिय निर्वाचा अध्यादेश नै पारित गर्न सहमतमा आउने संकेत गरेको छ । अब राष्ट्रपतिले यो अध्यादेश पारित गरे पनि आफूहरुलाई आपत्ति नहुने सन्देश एमाले नेताले शीतलनिवास र्पुयाएका छन् । एमाले संकेत पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार भएकी छिन् ।

बैठकमा केपी ओलीले एकल संक्रमणीय मत प्रणालीका विषयमा पार्टीको अडान यथावत नै रहेको बताएका थिए । तर, हाम्रो अडान रहँदा रहँदै पनि राष्ट्रपतिले अध्यादेश जारी गरिन् भने राष्ट्राध्यक्षले गरेको निर्णय मान्नैपर्ने संकेत ओलीले दिएका थिए ।

त्यसो त ओलीले अध्यादेशमाथिको अडान छाड्ने संकेत स्थायी कमिटीको बैठकमा वामदेवले मुख खोल्नुअगाडि नै माओवादी अध्यक्ष प्रचण्डलाई दिइसकेका थिए । र, यो संकेत माओवादी अध्यक्ष प्रचण्डले बिहिबार बिहानै शीतलनिवास पु¥याईएको थियो ।

प्रतिक्रिया दिनुहोस्