नयाँ शक्ति र फोरमबीच एकताको सहमति, वैशाख २३ मा हुने भयो घोषणा!

काठमाडौँ , बैशाख २१ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकताको सहमति भएको छ ।

लामो समयदेखि चलेको छलफलपछि दुवै पार्टीबीच एकताको सहमति भएको हो ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यावदले संयुक्त विज्ञप्ति जारी गर्दै एकताका लागि सहमति भएको उल्लेख गरेका छन् ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्