प्रधानमन्त्री ओली भनछन् -राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत छ, राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो !

काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केही सन्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने अन्तर्रा्ष्ट्रिय प्रचलन रहेको जिकिर गरेका हुन् ।

राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो । त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो । यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो । यसअघिका राष्ट्रपतिको सम्बोधन युट्युबमा हेर्नुभयो भने पनि यस्तै भनेको देखिन्छ उनले भने ।

शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गरेकी थिइन् ।

त्यसलाई लिएर विभिन्न टिप्पणीहरु भएपछि प्रधानमन्त्री ओलीले स्पष्टोक्ति दिएका हुन् ।

बौद्धिक वर्गलेसमेत राष्ट्रपतिको भनाइप्रति टिप्पणी गर्दा आफूलाई आश्चर्य लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्