राष्ट्रपतिको सम्बोधनः आगामी आर्थिक बर्ष इतिहासकै तीव्र विकासको बर्ष : यस्ता छन् नीति तथा कार्यक्रमका प्राथमिकता

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताएकी छन् । शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०७६/0७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

सरकारले विकासको मूल नारालाई अगाडि बढाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ।’

चीनको राजकीय भ्रमणले चीनसँगको सम्बन्ध सुमधुर भएको दाबी गर्दै राष्ट्रपति भण्डारीले यो भ्रमणले चीनका समुन्द्री र सुख्खा बन्दरगाहा प्रयोग गर्दै व्यापार गर्ने बाटो खुलेको उल्लेख गरिन्।

सरकारले अघि सारेको स्वास्थ्य बिमा अन्तर्गत १६ लाख नेपालीले बिमा गरिसकेको राष्ट्रपतिको भनाइ छ। पछिल्लो वर्ष प्रमुख आद्यान्न बालीको उत्पादनमा १० प्रतिशत वृद्धि भएको उनको दाबी छ।

सरकारको पहल र योजना अनुसार नै भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालन हुने राष्ट्रपतिको भनाइ छ।

‘भूकम्पपछि बन्द तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालनमा आउने निश्चित भएको छ’, राष्ट्रपति भण्डारीले भनिन्, । सरकारी सेवालाई सूचना प्रविधिमा आवद्ध गर्नेगरी डिजिटल नेपाल फ्रेमवर्क तयार भएको छ’ ।

यस्ता छन् नीति तथा कार्यक्रमका प्राथमिकता


–समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आकाँक्षा पुरा गर्नेतर्फ केन्द्रीत छन् ।

–नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, उद्यमशील असमनाता न्युनिकरण, शान्ति सद्भाव र दिगो विकासलाई प्राथमिकता , गणतन्त्रको सवैलाई प्रत्याभूत गराउने ।

–संघ, प्रदेश र स्थानीय तहलाई समन्वय गर्ने ।

_ साझा अधिकारहरुमा स्पष्टता ल्याएर व्यवस्थित गर्ने ।

–प्रशासनिक संरचनालाई कार्यमुलक बनाउन आवाश्यक जनशक्ति परिचालन गर्ने ।

–आम नागरिकको देशप्रतिको अपनत्व, प्रदेश र स्थानीय तहमा विशिष्ट पहिचान गर्ने नीति ल्याइने ।

–आगामी आर्थिक बर्षलाई विरुवा रोपण बर्ष घोषणा गर्ने ।

–सहकारी क्षेत्रको नेतृत्वमा कृषि उत्पादन तथा बजारीकरण ।

–पोखरीको पानी प्रयोग गरी थोपा सिंचाई ।

–वैज्ञानिक सुधारका माध्यमबाट भूमि व्यवस्थाका समस्या समाधान, भूमि वर्गिकरण गरिनेछ ।

–भूउपयोग आधारमा मात्र प्रयोग गर्ने व्यवस्था ।

–चुरे तथा भित्रि मधेसमा आर्थिक औधोगिक करिडोर बनाउन झापादेखि डडेलधुरा सम्मक पुष्पलाल मार्गलाई प्राथमिकता ।

–पूर्व पश्चिम रेलमार्गको चार वर्षभित्र विस्तार । ७७ वटै जिल्लामा राष्ट्रिय सडक सञ्जालले जोड्ने ।

-सडक सुरक्षा पर्खाल सुरक्षा, सबै सडक दुई लेनका हुनेछन् ।

–रसुवागढी रेलमार्ग २ वर्षभित्र सुरु गरिनेछ ।

–जयनगर विजलपुरा भारत विराटनगर रेल सेवा सुरु गर्ने ।

प्रतिक्रिया दिनुहोस्