किन पाउँदैन नेपाली उत्पादनले बजार, कसले सुन्ने किसानका पीडा ?

पार्वती पाठक,

काठमाडौं, असार ६ । नेपाल कृषि प्रधान देश हो तर पनि प्राथमिकतामा भने भारतमा उत्पादन भएका वस्तुलाई दिने गरिन्छ । नेपाली बजारले मुल्य नपाउँदा वस्तु त्यतिकै खेर गइरहेको गुनासो आइरहेको तपाइ हामी सबैलाई थाहा नै छ ।

केहि दिन अगाडि मात्रै कालिमाटिमा मूल्य नपाएको भन्दै किसान र व्यापारीले गोलभेँडा सडकमा फालेका थिए । बेला बेला ब्यापारीले मुल्य नपाएको भन्दै यसरी सडकमै तरकारी फालेर विरोध गर्ने गर्दछन् । आफनै देशमा किसानहरुले दुख गरेर फलाएको तरकारीले मुल्य नपाउदा पिडा त नहुने कुरै भएन ।

आफै पनि आत्मा निर्भर भएर मुल्य नपाउनु नै किसान तथा व्यापारीको आत्मबल घट्नु जस्तै हो । भारतीय वस्तु आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाएको किसानको गुनासो छ।

आफूले श्रम, पसिना र पैसा खर्चिएर उत्पादन गरेको गोलभेंडा फाल्नुपर्दा कस्तो अनुव भयो होला त ? उता चितवनमा पनि केहिदिन अगि सडकमै तरकारी फालेर प्रदर्शनमा उत्रिएका थिए किसान ।

स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै आक्रोशित किसानहरूले तरकारी सडकमै फाले, त्यसैको अगाडि बसेर तीनै तहका सरकारलाई खबरदार गरे। भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन नै ठप्प हुन्छ ।

देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्न बाध्य हुन्छन् ।

सरकारको ध्यानाकर्षण गराउन सडकमा कहिले अण्डा र दूध त कहिल्यै तरिकारी फालेर विरोधमा उत्रिन्छन् व्यापारी तथा किसान । तर पनि यसमा सरोकारवालाको ध्यान जान सकेको छैन। सरकारले पनि त्यति चासो नदिएको देखिन्छ । आँखिर कसले बुझने त किसानका पिडा , आँशु र परिश्रमलाई ?

प्रतिक्रिया दिनुहोस्