एनपीएल क्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १९ मंसिर । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ ।

६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल अति महत्वपूर्ण छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् ।

साविक बिजेता जनकपुरले यस सिजन हालसम्म भएका पाँच खेलबाट दुई अंक मात्र पाएको छ ।

विहीबारको खेलमा शाहब आलमको ह्याट्रिकसहित ६ विकेटको शानदार बलिङमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई हराएर प्लेअफमा पुगेको छ ।

लगातार ६ खेल जितेको सुदूरपश्चिम रोयल्स शीर्षस्थानमै रहेर पहिलो क्‍वालिफायर खेल्ने पक्का भइसकेको छ । यसले गदर्नाआजको खेल निकै रोमाञ्चक छ ।

प्रतिक्रिया दिनुहोस्