प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ बताइएको छ ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचन लक्षित शान्ति सुरक्षा र अन्य विययमा छदफलको लागि आजको बैठक महत्वपूर्ण मानिएको छ ।















प्रतिक्रिया दिनुहोस्