क्रियाशील सदस्यता व्यवस्थापन समितिले भातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसको १६ औं महाधिवेशन नजिककिदै गर्दा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शुक्रबार) पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ ।

महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो ।

समिति सदस्य सीता गुरूङले सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रुपमा अघि बढाउन छलफल गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार समितिले भातृ तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाइएको छ ।

‘आज हामी भ्रातृ र शुभेच्छुक संस्थासँग छलफल गर्छौैं । त्यसपछि केही निर्णयहरू गर्नुपर्ने छ । निर्णय गर्छौं,’ समिति सदस्य तथा केन्द्रीय सदस्य गुरूङले भनिन् ।

यसअघि महाधिवेशनको मिति तोकिएपछि बुधबार पहिलो पटक बसेको समितिको बैठकले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याइसक्ने निर्णय गरेको थियो ।

कांग्रेसले आसन्न १५औं महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो ।

व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् । काँग्रेसमा क्रियाशिल सदस्यको टुंगो लगाउन निकै चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्