सूचना र प्रविधिको विकासबिना समृद्धिको यात्रा पूरा हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको विकासबिना समृद्धिको यात्रा पूरा नहुने बताएका छन् ।

ओलीले सूचना र प्रविधिको विकासबिना समृद्धिको यात्रा पूरा नहुन भएकाले यसको चौतर्फी विकास गर्ने लक्ष्य सरकारले राखेको बताए । सूचना–प्रविधिलाई देशव्यापीरुपमा विस्तार गर्दै लैजाने समेत उनले बताएका छन् ।
राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको विकासबिना समृद्धिको यात्रा पूरा नहुने बताएका हुन्

कृषि, स्वास्थ्य, शिक्षा, वित्त, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सूचना–प्रविधिको पहुँच र्पुयाउने सरकारी लक्ष्य रहेको उनको भनाइ थियो ।
ओलीले नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउका छन् ।

सरकारले नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा डिजिटल बैंकिङ कारोबार कम्पनी पनि खोल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्