सरकार गफगाफमै भुलियो ! देशमा शान्ति सुरक्षा दिन नसक्नु दूर्भाग्य : नेता केसी
काठमाडौं, बैशाख १९ । नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले बालुवाटारको जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवा निर्दोष रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन झापाले विर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले पत्रिकामा समाचार आएकै भरमा देउवालाई दोषी भन्न नमिल्ने बताए ।
‘पत्रिकामा आएकै भरमा दोषी भन्न मिल्दैन’, उनले भने, ‘तर दोषी भए कसैलाई छोड्न हुँदैन । सरकारसँग बहुमत छ, छानविन गरोस् ।’ फरक प्रसंगमा नेता केसीले दुई तिहाइको बलियो सरकारले पनि देशमा शान्ति सुरक्षा दिन नसक्नु दूर्भाग्य भएको बताए ।
‘अहिले दुई तिहाइको सरकार छ । तर यो सरकारले पनि शान्ति सुरक्षा दिन सकेन । देश हत्या हिंशाले आक्रान्त छ । कम्युनिष्टलाई जिताउन नेपाली जनताका लागि दूर्भाग्य हो,’ उनले भने । सरकार गफगाफमै भुलिएको भन्दै जनतामा विकासको अनुभूत हुन नसेको बताए ।
‘प्रधानमन्त्रीले विपक्षीले विकास देखेन भनिरहनु भएको छ’, नेता केसीले भने, ‘प्रधानमन्त्री आफैंले मात्रै विकास देखेर हुँदैन । जनताले पनि देख्नपर्यो, त्यसकारण जनताले अनभूत गर्ने विकास आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस्