उपराष्ट्रपति कार्यालय लैनचौर सर्यो
काठमाडौं, बैशाख १८ । उपराष्ट्रपति कार्यालय लैनचौरमा सरेको छ । कार्यालय लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा सरेको हो ।
आजदेखि उपराष्ट्रपति लैनचौरस्थित समाज कल्याणको भवनमा सरेका छन््। निवासको रूपमा आजैदेखि भवन प्रयोग हुने भए पनि उपराष्ट्रपति कार्यालय भने केही दिनमा कान्तिपथबाट त्यहाँ सर्नेछ।
यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन गैरीधाराको सरकारी निवासमा बस्दै आएका थिए।
रकारले भदौ २१ गते समाज कल्याण परिषदलाई त्यहाँबाट बालकल्याण समितिको भवनमा सार्ने र समाज कल्याणमा उपराष्ट्रपति कार्यालय र निवास बनाउने निर्णय गरेको थियो।
समाज कल्याणको भवनलाई हरियो रङ लगाएर ग्रीन हाउस नामाकरण गरिएको छ। ४५ कोठे यो भवनमा उपराष्ट्रपति निवास र कार्यालय हुनेछ। कार्यालयको बाहिरी कम्पाउण्डमा पनि हरियो रङ लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्