राजेन्द्र महतोको प्रधानमन्त्रीलाई प्रश्न, नाराले मात्रै देश समृद्ध हुने हो र ?
काठमाडौँ, बैशाख १८ । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताएका छन् ।
ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा नेता महतोले सो करा बताएका हुन् ।
‘लाखौँ जनशक्ति कामका लागि विदेशिएको छ । यसैलाई उपलब्धि मान्नुपर्ने अवस्था आएको छ ।’उनले भने
मुलुकमा उद्योग नखुली रोजगारी सिर्जना नहुने बताउँदै उनले त्यसबाट श्रमिकलाई घाटा पर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीतर्फ हेर्दै महतोले भने, ‘प्रधानमन्त्रीज्यूले बारम्बार भन्ने गर्नुहुन्छ, ‘सुखी नेपाली समृद्ध नेपाल’, यो नाराले मात्रै देश समृद्ध हुने हो र ?’
महतोले नेपाली श्रमिक विदेश बनाइरहँदा देश भने विकास हुन नसकेको बताए । उनले ठूला कम्पनी बाहिर गइरहेको बताउँदै उद्योग पनि नखुलेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्