प्रधानमन्त्री ओलीले गरे पौडेलको बचाउ: भने – राजाको शासनका बेला जमिन किन्नुभएको रहेछ

काठमाण्डौ , बैशाख १७ । प्रधानामन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गा किन्नका लागि महासचिव पौडेलले पदीय दुरुपयोग नगरेको भन्दै उनको बचाउ गरेका छन् ।

उनले भने, ’२०६१ सालमा राजाको शासनका बेला, हाम्रो सरकारको बेला होइन, जमिन किन्नुभएको रहेछ । धेरैले किनबेच गरिसकेपछि थाहा नपाएर अरुले गरेको किनबेच त्यो हडपेको होइन । त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन ।’

साथै ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टी्विरुद्ध भ्रम फैलाउने काम भएको बताएका छन् ।

मंगलबार संघीय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दे नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले धेरैले किनबेच गरिसकेपछि किनेका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा नहडपेको बताए ।

उनले सरकारी सम्पत्ति जुसुकैले हडपेको भए पनि सरकारले त्यो फिर्ता गर्ने प्रतिबद्धता जाहेर गरे । बालुवाटारको जग्गा सरकारी पर्छ कि पर्दैन भन्ने समयक्रमले देखाउने भन्दै उनले सरकारले हडप भएका सबै सार्वजनिक जग्गा फिर्ता ल्याउने दाबी पनि गरे ।

उनले भने, ’ललिता निवासको बेचिएको भनिएको जग्गाको तथ्य हाम्रो सरकारले बाहिर ल्याएको हो । अहिले सरकारविरुद्ध उल्टै प्रतिपक्षीहरु बोलिरहेका छन् । सरकारी सम्पत्ति जहाँसुकै जोसुकैले हडप गरेको होस् । त्यो जमिन दृढतापूर्वक, कडाइका साथ फिर्ता ल्याने छ । र फिर्ता ल्याउँदा कसलाई मर्का पर्छ हेरिने छैन ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध सरकार अझै कडा रुपले प्रस्तुत हुने बताए । उनले वाइड वडी प्रकरणलगायत भ्रष्टाचारका काण्डहरुको सरकारले छानबिन गर्ने र दोषीलाई अनुहार नहेरी कारबाही गर्ने बताए ।
सरकारी र सार्वजनिक जग्गा हडपन नदिने अभियानमा लागेको सरकारले खुला मञ्चको टहरा भत्काएको दाबी गरे । उनले भने , ’भृकुटीमण्डप हामीले बेचेको हो ? रत्नपार्कमा हामीले टहरा ठड्याएको हो ? हामीले त्यहाँका टहरा भत्काएका छौँ । सरकारी जमिन फिर्ता पनि ल्याएका छौँ ।


विगतको सरकारको समयमा भन्दा आफ्नो नेतृत्वको सरकारको समयमा देशमा शान्ति सुरुक्षाको अवस्था मजबुत भएको दाबी पनि उनले गरे । उनले अधिकारकर्मीहरुले निर्मला पन्तका परिवारलाई अनावश्यक दबाब दिने काम गरेको टिप्पणी गरे ।


विगतको सरकारको समयमा भन्दा आफ्नो नेतृत्वको सरकारको समयमा देशमा शान्ति सुरुक्षाको अवस्था मजबुत भएको दाबी पनि उनले गरे । उनले अधिकारकर्मीहरुले निर्मला पन्तका परिवारलाई अनावश्यक दबाब दिने काम गरेको टिप्पणी गरे ।

उनले सरकार गठनको एक वर्षमा विकास र सम्मृद्धिका लागि आधार तय गरिसकेकाले मुलुक अब समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्