प्रदेश २ सरकारले भ्रष्टाचार नरोके नेकपाकै नेतृत्वमा सरकार बन्न सक्ने अध्यक्ष दाहालको चेतावनी

काठमाडौं, बैशाख १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

खुमलटारस्थित निवासमा गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी गठबन्धन सरकारले प्रदेश २ मा राम्रो काम गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्न सक्नेसमेत चेतावनी दिए ।

प्रदेश २ को अहिलेको सरकारले जनहितमा काम गर्न नसकेकाले अब नेकपाकै नेतृत्वमा सरकार बन्नु मात्र त्यहाँका जनताको हितमा हुनसक्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले प्रदेश २ मा भ्रष्टाचार र अनियमितता देखिएको भन्दै कतिपय योजना निर्माणमा त व्यक्ति–व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुनिएकाले यही स्थिति रहे बीचमै सरकारको नेतृत्व लिनुपर्ने अवस्था आउने सक्ने चेतावनी दिए ।

नेकपाले चाहे तत्कालै प्रदेश २ मा नयाँ सरकार बन्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्