ललिता निवास प्रकरण : नेकपामा बदनामीको चिन्ता

काठमाडौँ, बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपा सचिवालय सदस्यहरुले सरकारले ल्याउन लागेको बजेटसँगै ललितानिवासको जग्गा प्रकरणबारे पनि आआफ्ना धारणा राखेका थिए । बैठकमा सहभागी सदस्यहरुले महासचिव नै सो प्रकरणमा मुछिएपछि पार्टीकै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सुरुमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ललितानिवासको जग्गा फिर्ता गर्ने सरकारको कदम स्वागतयोग्य भएको उल्लेख गर्दै त्यसमा कसकसबाट त्रुटि भएको हो त्यसलाइृ मिहीन ढंगले केलाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्