सरकारको नीति तथा कार्यक्रमको लागि बसेको बैठकमा ललिता निवासको जग्गाले विवाद


काठमाडौं, १६ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बालुवाटार बसेको छ । आजदेखि सुरु हुने वर्ष अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न बसेको बैठकमा ललिता निवासको जग्गाले प्रवेश पाएको स्रोतले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन बोलाइएको बैठकमा नेताहरुले ललिता निवासको जग्गाबारे विभिन्न कुरा आएको भन्दै के हो भन्ने प्रश्न गरेका थिए । लगतै वरिष्ठ नेता माधवकुमार नेपालले क–कसको पालामा के निर्णय भयो खोज्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास रहेको ललिता निवासको जग्गा प्रकरणमा नेपाल नेतृत्वको सरकारले गरेको निर्णयबारे प्रश्न उठेको छ । पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले नै नेपाल सरकारको निर्णय खारेज गर्न सिफारिस गरेपछि केपी ओली नेतृत्वको सरकारले त्यो निर्णय सच्याउनुपर्ने ठहर गरेको छ । सरकारको नीति तथा कार्यक्रमका लागि बसको बैठकमा ललिता निवासको जग्गाले विवाद चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्