राष्ट्र बैंकका गभर्नर नेपालले भने-‘उत्साहजन आर्थिक परिदृश्य देखिन थाले’
काठमाडा, बैशाख १४ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व संगै आर्थिक क्रियाकलापले गतिलिन थालेको बताएका छन्।
नेपाल राष्ट्रबैंकको ६४ औ बार्षिकोत्सवको अवसरमा शनिबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर नेपालले मुलुकमा उत्साहजन आर्थिक परिदृश्य देखिएको दाबी गरे।
उनले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको बताए।
वित्तिय क्षेत्रमा लिएका नीतिगत तहमा चालिएको पहल कदमीको परिणाम स्वयरुप वित्तिय पहुँच पनि विस्तार भएको उल्लेख गर्दे उनले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दे पुर्वाधार निर्माणका महत्वपुर्ण कामहरु अघि बढेको बताए।
उनले बैक तथा वित्तिय संस्थाहरु आपसमा गाभिएका कारण वित्तिय सबलिकरण र संस्थात्मक व्यवस्थापनमा सहज भएको बताए।
उनले शोधनान्तर स्थितिमा केही दबाब देखिएको भएपनि समष्ठिगत आर्थिक व्यवस्थापन सकारात्मक देखिएको बताए।
गर्भनर नेपालले नेप्से सूचांकमा भएको केही उतार चढावका बाबजुद यस आर्थिक बर्षमा पूँजीबजारको गतिविधि स्थायीत्व तर्फ उन्मुख भएको उल्लेख गरे।
बैकका अनुसार, २०७५ चैत्र मसान्तसम्म बार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत रहेको छ। २०७४ चैतमा यो ५ दशमलब ३ प्रतिशत थियो । त्यसैगरी खाद्य तथ पेय पदार्थ समुहको मुद्रास्फिति २ दशमलब ८ प्रतिशत, गैह खाद्य र सेवा समुहको ५.७ प्रतिशत मुद्रास्फिति रहेको छ।
चैत मसान्त सम्म बैक कारोबारमा आधारित सरकारको वित्तीय स्थिति १७ अर्ब २९ करोड बचतमा छ। संघीय सरकारको कूल खर्चमा ५ सय ९६ अर्ब ६२ करोड पुगेको छ भने यसमध्ये चालु खर्च ४ सय ४७ अर्ब ५५ करोड र पूँजीगत खर्च १ सय ३ अर्ब ४९ करोड रहेको छ।
प्रदेश तथा स्थानिय तहमा बाँडफाँड हुने समेत गरि राजश्व संकलन १९.५ प्रतिशतले वृद्धि भई ६ सय ४ अर्ब ६० करोड पुगेको छ।
बैंकका अनुसार २०७५ चैत्र मसान्तम सम्म बैक तथा वित्तिय संस्थाका ८ हजार २ सय ५ वटा शाखा संख्या रहेको र प्रतिशाखाले ३ हजार ५ सय ६० सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता पुगेका छन्।
फागुन मसान्त सम्मको तथ्यांक अनुसार २ करोड ५७ लाख निक्षेप खाता रहनुको साथै ७ सय २४ स्थानिय तहमा बाणिज्य बैकका शाखाहरु पुगेका छन्।
मसान्त सम्मको तथ्यांक अनुसार २ करोड ५७ लाख निक्षेप खाता रहनुको साथै ७ सय २४ स्थानिय तहमा बाणिज्य बैकका शाखाहरु पुगेका छन्।
फागुन मसान्तसम्म बैंक तथा वित्तिय संस्थामा ३ खर्ब ९ अर्ब निक्षेप संकलन भएकोमा २ खर्ब ७ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ। पुर्वाधार र भौतिक क्षेत्रमा लगानीको आवश्यकता पुरा गर्ने उद्देश्यले पूर्वाधार बैक स्थापना गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।
संघीयता कार्यान्वनमा सघाउ पुर्याउने उद्देश्यसाथ राष्ट्रबैकको संस्थागत ढाँचामा परिर्वतन गर्ने क्रममा कर्णाली प्रदेशमा कार्यलय स्थापना गर्ने प्रक्रिया अघि बढाईएको पनि गर्भनर नेपालले जानकारी दिए।
२०७५÷२०७६ को पछिल्लो ८ महिनाको समिक्षामा विस्तृत मुद्रा प्रवाहमा ८.४ प्रतिशत र निक्षेपमा ९.७ प्रतिशत र नीजी क्षेत्रमा १४.६ प्रतिशतले कर्जा बढेको छ । पुर्नकर्जा सुविधालाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था गर्दै पुर्नकर्जाको सिमा वृद्धि गरि ५० अर्ब पुर्याईएको छ।
फागुन मसान्त सम्म पुर्नकर्जाको बक्यौता २४ अर्ब ५२ करोड रहेको छ। राष्ट्रबैकले घर जग्गाको मुंल्याकनमा भईरहने उतारचढावलाई प्रतिनिधित्व गर्नेगरी घरजग्गा मुल्य सूचांक कार्यान्वयन गर्ने प्रक्रियालाई पनि अघि बढाएको कार्याक्रममा जानकारी दिइएको थियो।
प्रतिक्रिया दिनुहोस्