राष्ट्रपति गएकै बेला रातारात चीन गए वरिष्ठ नेता माधव नेपाल, किन ?

काठमाडौँ , बैशाख १३ । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणमा गएकै बेला नेता नेपाल पनि चीन प्रस्थान गरेका हुन्।


चीनको राजधानी बेइजिङमा यही वैशाख १२ गतेदेखि आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका छन्।

नेता नेपाल यही वैशाख १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्