जनसंघर्षका कार्यक्रमबारे राप्रपाले ग¥यो यस्तो छलफल, तयारी तीव्र

काठमाडौं, बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका कमाण्डर बुद्धिमान तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार सम्पन्न उपस्थित केन्द्रीय पदाधिकारीहरु तथा प्रदेश प्रमुखहरुको संयुक्त बैठकमा आगामी जनसंघर्ष र संगठन सुदृढीकरण सम्बन्धी छलफल भएको हो ।

बैठकमा सहभागिहरुले जनसंघर्षका आगामी कार्यक्रमहरु भव्य एवं प्रभावकारी बनाउन विभिन्न सुझावहरु प्रस्तुत गरेका छन् ।

हिन्दुराष्ट्र पुनस्र्थापना लगायतका २२ बुँदे माग अघि सारेर गत फागुन ७ गतेदेखि राप्रपा शान्तिपूर्ण आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्