सरकार एक्लैको प्रयासबाट मुलुकको विकास हुन सक्दैन : बाबुराम भट्टराई
काठमाडा, बैशाख १३ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन् ।
संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्रयाउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क समेत गरे । त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति÷कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाई छ ।
संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे ।
यसैबचि कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको बताए ।
उनले पर्यटन क्षेत्रलाई व्यापारको रुपमा नभई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन जनप्रतिनिधिको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनले पर्यटन क्षेत्रलाई व्यापारको रुपमा नभई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन जनप्रतिनिधिको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहेका छन् ।
मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु ट्रेकिङ, ट्राभल्स, एयरलाईन्स, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेजलगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा राखिएका छन ।
‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका आयोजना गरिएको मेलामा २ लाख बढिले अवलोकन गर्ने तथा पर्यटन प्रबद्र्धनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्