दलहरुलाई राष्ट्रपतिको प्रश्न, राजनीतिक गतिरोध किन अत्य भएन ?

काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिरोध अन्त्यको लागि निकास खोज्न दलहरुलाई आग्रह गर्नुभएको छ ।
बिहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उहाँले राजनीतिक गतिरोध अन्तय गर्न र राष्ट्रिय निकास निकाल्न आग्रह गर्नु भएको हो ।
राष्ट्रियसभा गठन सम्बन्धि अध्यादेश पारित नहुँदा राष्ट्रियसभा गठन बाट दलहरुले निकास निकाल्नेमा आफू विश्वस्त रहेको बताउनुभएको राष्ट्रपति भण्डारीका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो ।

जनमतको सम्मान गर्दै राजनीतिक दलहरुले निकास निकाल्न यथाशिघ्र अग्रसर हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको, दलहरु जिम्मेवार ढंगले अघि बढ्नेमा आफू विश्वस्त रहेको भेटमा उहाँले बताउनुभएको पनि सल्लाहकार अधिकारीले जानकारी दिनुभयो ।

सरकारले राष्ट्रपति समक्ष पेश गरेको राष्ट्रियसभा गठन सम्बन्धि अध्यादेश पारित नहुँदा राष्ट्रियसभा गठन हुन नसकेको र यसले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या बाँडफाँडमा ढिलाई भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले बिहीबार राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्