शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई छैन! विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास जारी : गृहमन्त्री थापा
काठमाडौं, बैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।
प्रदेश १ को सुरक्षा गोष्ठीको क्रममा विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले सरकारले वार्ता र संवादबाटै समस्याको समाधान चाहेको र विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याईसकेको अवस्थामा विप्लव समूह पनि वार्तामा आउनुको विकल्प नभएको बताए ।
गृहमन्त्री थापाले सबै असन्तुष्ट पक्षलाई राजनीतिको मुलधारमा ल्याउन सरकारले वार्ताको आह्वान गरेको उल्लेख गरे । शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई भएको भन्दै उनले शान्ति सुरक्षामा खलल पु¥याउने छुट भने कसैलाई नभएको स्पष्ट पारे ।
गृहमन्त्री थापाले विगतभन्दा शान्ति सुरक्षामा गुणात्मक सुधार आएको जिकिर पनि गरे ।
प्रतिक्रिया दिनुहोस्