नयाँ जनवादी क्रान्तिको तयारीमा वैद्य

काठमाडौ। । नेकपा (क्रान्तिकारी) माओवादी० का महासचिव एवं क्रान्तिकारी मोहन वैद्यले अहिलेको राजनीतिक खिचतानीलाई यसको विरुद्धमा मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएको दाबी गर्दै आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका छन् ।

आज प्रदेश नं ५ को बुटवलमा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले सच्चा क्रान्तिकारीलाई गोलवद्ध गरेर प्रतिक्रान्ति रोक्ने नै आजको आवश्यकता भएको बताए ।

उनले नेत्रविक्रम चन्द विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि एकताका लागि पहल भर्इरहेको खुुलासा गरे ।

मुलुकमा बनेका दुई वाम तथा लोकतान्त्रिक गठबन्धन जनताका लागि नभएर पश्चगामी संसदीय व्यवस्थालाई संरक्षण गर्न बनेको उनको आरोप छ ।

‘वहुदलीय र वहुलवादलाई सिध्याएर कांग्रेस–एमाले र माओवादी केन्द्रले मुलुकमा पाँच दलीयवाद लाद्न खोजे आरोप लगाए ।

पार्टी स्थायी समिति सदस्य परि थापाले संसदीय पार्टीकै कारण मुलुकमा संसदीय व्यवस्था कमजोर बन्दै गएको जिकिर गरे । वैद्येले एमाले र माओवादली केन्द्रबिचको एकता विलयको बाटा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्