पार्टी एकताको बाँकि काम पनि टुंगियो , अब ढिलाई हुन्छ कि भन्ने शंका नगरे हुन्छ ‘ : अध्यक्ष प्रचण्ड

काठमाण्डौ, बैशाख ८ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकि काम पनि टुंगिएको दाबी गरेका छन् ।

अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको घोषणा गरेका हुन् ।

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकी काम आइतबार बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई भोलि घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको पनि जानकारी दिए ।

अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भए पनि अब ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

अध्यक्ष दाहालले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरेरनगरेको समीक्षा गरेर अघि बढने पनि बताए ।


दाहालले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपाल स् सुःखी नेपाली’को नारा अघि सारिएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्